neapl investment mega bank
  • गृहपृष्ठ
  • थुनामुक्त गराई दिने प्रलोभनमा पारी मोटो रकम लिई ठगि गर्ने व्यक्ति पक्राउ

थुनामुक्त गराई दिने प्रलोभनमा पारी मोटो रकम लिई ठगि गर्ने व्यक्ति पक्राउ

Feb 8th, 2020

काठमाडौ, माघ २५

थुनामुक्त गराई दिने प्रलोभनमा पारी मोटो रकम लिई ठगि गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुले राजश्व चुहावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिन्छु भनी रमेश दाहालको बुवा तिर्थ राज दाहाललाई बिश्वास दिलाई करारनामाको कागज समेत गरी ४२ लाख लिई ठगी गर्ने कार्यमा संलग्न रहेका मध्ये अधिवक्ता टंक बहादुर राना मगरलाई महाशाखाबाट खटिगएको टोलिले शुुक्रबार पक्राउ गरेको हो ।

काठमाण्डौ, बबरमहलबाट पक्राउ परेका रानामगरलाई ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।