neapl investment mega bank

निःशुल्क स्वाथ्यशिविर सम्पन्न

Feb 8th, 2020

काठमाण्डौ ,२५ माघ

शान्ति फाउण्डेशन र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिको सहकार्यमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ । दुइदिन सम्म चलेको उक्त निःशुल्क स्वास्थ्यशिविरमा जुगल गाउँपालिकाको वडा नं ५ ढाँडेमा भएको थियो । उक्त शिविरबाट चार सय ३४ जना सेवाग्राहिहरु लभान्वित भएका छन । उक्त स्वास्थ्यशिविरलाइ कारनेट नेपाल फाइभफोर्टिन नेपाल र नेपाल परिवार नियोजन संघको सहयोग गरेको थियो ।

जुगल गाउँपालिकालाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा ४३४ जना सहभागीहरुलाई सामान्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरिएको थियो । जसमध्ये २४९ जनामहिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुनुपूर्वको अवस्थाको परिक्षण, आङ खस्ने समस्याको परिक्षण र यौन रोगको परिक्षण तथा उपचार गरिएको थियो । त्यसैगरी २८० जनालाई एच.आई.भी. परिक्षण र ४८ जनालाई परिवार नियोजन सेवा प्रदान गरिएको थियो ।

शिविर टोलीमा शान्ति फाउण्डेशनका अध्यक्ष सन्ज माया तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, जुगल गाउँपालिकाका उपाध्यक्ष सृजना तामाङ, इलाकाप्रहरी कार्यलय जलबिरेका सुरक्षाकर्मीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्यशिविर सम्पन्न भए पश्चात उक्त स्वास्थ्यशिविर बाट प्राप्त तथ्याङ्क गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । शिविरबाट बचेका औषधीहरु जुगल गाउँपालिकाका अध्यक्षको रोहवरमा सोही गाउँपालिकाको स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ ।