neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Feb 7th, 2020

काठमाडौं, २४ माघ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध गाँजा करिब ३ केजी २ सय ५० ग्राम सहित धादिङ धार्के गाउँपालिका-३ बस्ने ३१ वर्षीय चनचल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गेरको छ । उक्त स्थानमा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१२ च ५६० नम्बरको गाडी जाँच गर्ने क्रममा चालक तामाङले आफ्नै सिट पछाडी उक्त परिमाणको लागूऔषध लुकाई राखेको फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसीबाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब ११ केजी सहित बझाङ केदारस्यु गाउँपालिका-६ घर बताउने ३८ वर्षीय मकर धामी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बानकिन टोलबाट अवैध लागूऔषध गाँजा करिब १७ केजी ७ सय ग्राम फेला पारी बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलीलाई देखी अपरिचित पुरुषले प्लास्टिकको बोरा छाडी फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।