neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Feb 7th, 2020

काठमाडौं, २४ माघ

चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका-५ घर भएका २८ वर्षीय कृष्ण नेपाली समेत ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चन्द्रागिरी नगरपालिका-४ थानकोटस्थित पार्किङ गरि राखेको बा।५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने समेत ५ जनालाई नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।