neapl investment mega bank

आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Feb 7th, 2020

सिन्धुपाल्चोक, २४ माघ


सिन्धुपाल्चोक ,मेलाम्ची नगरपालिका-१२ अमलडाँडास्थित बलराम लुइटेलको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, ग्राम्थान गाउँपालिका-१ स्थित बीरेन्द्र माबि लखन्तरीमा सोही ठाउँ बस्ने राजन मगरको क्यान्टिनमा बिहीबार राति आगलागी भई नजिकै रहेको आशाराम चौधरीको आयुस हेल्थ क्लिनिकमा समेत आगलागी हुँदा करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।