neapl investment mega bank

प्रधानमन्त्री ओलीद्वारा समवेदना

Feb 7th, 2020

काठमाडौँ, २४ माघ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका ८७ वर्षीय पिता कुलबहादुर गुरुङको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवार र आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज एक शोक सन्देश जारी गरी दिवङ्गत गुरुङले समाजमा सुधार परिवर्तनका लागि निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै पितृशोकमा पर्नुभएका विजय गुरुङ र उहाँको परिवारमा सहानुभूति प्रकट गर्नुभएको छ । दिवङ्गत गुरुङप्रति प्रधानमन्त्रीले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।