neapl investment mega bank
  • गृहपृष्ठ
  • ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा उद्घाट्न

३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा उद्घाट्न

Feb 7th, 2020

काठमाडौ, माघ २४

नेपाल व्यवस्थापन संघद्धारा आयोजित ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन शुभारम्भ भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको समुद्घाटन गरेकाहुुन ।
नेपाल व्यवस्थापन संघले आफ्नो बार्षिक साधारण सभाको अवसरमा एक मुख्य विषयमा केन्द्रित रही राष्ट्रिय व्यवस्थापन सम्मेलनको आयोजना गर्ने परम्परा कायम गर्दै आएको छ । यस बर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य बिषय तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ ।

व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत भैरहेका छन् । व्यवसायिक शत्रमा तथ्यांक विद् डा. आशुतोषमणि दीक्षित र भारतको आदित्य विरला समूह द ग्रुप अफ एक्जुकेटिभ प्रेसिडेन्ट कर्पोरेट स्ट्राटेजी एण्ड विजनेसका डी शिवकुमारले अतिथि वक्ताको रुपमा र प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले विषयमा र विश्व बैक समूह(टीबीसी)का नेपाल म्यानेज फ्रेन्च ब्रेस्टीले सार्वजनिक बित्त व्यवस्थापनका विषयमा आफ्ना प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोडको तर्फबाट पर्यटन प्रबर्धनमा व्यवस्थापकहरुको भूमिका र नेपाल भ्रमण बर्ष २०२० विषयमा प्रस्तुतीकरण दिइएको थियो ।

सम्मेलनको समुदघाट्न शत्रमा प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल व्यवस्थापन जर्नलको विमोचन पनि गरेकाछन । नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य माननीय सुशील भट्टको सभापतित्वमा सञ्चालन भैरहेको राष्ट्रिय व्यवस्थापन सम्मेलन समारोहलाई प्रथम उपसभापति बमबहादुर मिश्रले स्वागत गरेकाछन । उनले नेपाल व्यवस्थापन संघको संक्षिप्त परिचयसहित ब्यवस्थापन सम्मेलनको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
यो उद्घाटन सम्मेलनको अवसरमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ । यसका विविध पक्षहरुको सम्बन्धमा व्यवस्थापन विज्ञद्धय नरोत्तम अर्याल र प्रशन्न पोखरेलले प्रस्तुति दिनुहुनेछ ।

सम्मेलनको समापनको अवसरमा प्रमुख अतिथि डा. युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य ई.सुशील भट्टले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल व्यवस्थापन संघद्धारा आयोजित राष्ट्रिय व्यवस्थापन सम्मेलनको समापन पछि आजै,बार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम, १९ औं कार्यसमितिको निर्वाचन र एशियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एशियाली व्यवस्थापन संघले एशियाली नेतृत्व पुरस्कार साँझको आयोजना गर्दैछ । नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।

स्थापनाको ३९ बर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमो सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ ।

संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ । यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ । इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै बार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।