neapl investment mega bank
  • गृहपृष्ठ
  • विद्यालयको बस दुर्घटनापश्चात फरार रहेका सवारी चालक पक्राउ

विद्यालयको बस दुर्घटनापश्चात फरार रहेका सवारी चालक पक्राउ

Feb 7th, 2020

काठमाडौं,२४ माघ

चन्द्रागिरी नगरपालिका-१३ मितेरी चोकस्थित सडकमा गत पुस २२ गते बा.३ ख १८३३ नम्बरको कान्तिपुर ईङ्लिसएकेडेमी गोंगबुको बिद्यार्थी सवार बस दुर्घटनापश्चात फरार रहेका बस चालक धादिङ गल्छी गाउँपालिका-२ घर भएका ४० वर्षीय केदार रिमाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-१स्थित स्वीजरल्यान्ड पार्कबाट कलंकीतर्फजाँदैगरेको ४५ जना वालवालिकाहरू सवार रहेको उक्त बसमितेरी चोकस्थित सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा बसको ठक्करबाट बा.९० प ३५३१ नम्बरको स्कुटर र बा.३१ प १३४० नम्बरको मोटरसाईकल पूर्ण रूपमाक्षति हुनुका साथै स्कुटरमा सवार सोही स्थान बस्ने ४९ वर्षीय शम्भुगौतम गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते व्यक्ति तथा विद्यार्थीहरूलाई स्थानीय वासिन्दाहरूको सहयोगमा प्रहरीले तत्काल उद्धार गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।