neapl investment mega bank
  • गृहपृष्ठ
  • बबई न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा

बबई न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा

Feb 6th, 2020

दाङ, २३ माघ (रासस)

पश्चिम दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्ष २३ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष सावित्रा विकले गत असारदेखि जिम्मेवारी सरेका १४ र साउन महिनादेखि माघ २१ गतेसम्ममा २३ वटा उजुरी गरी जम्मा ३७ उजुरी रहेकामा १६ वटा फछ्र्यौट गरिएको जानकारी दिनुभयो । अन्य उजुरी प्रक्रियागतरुपमा रहेका छन् ।

सो गाउँपालिकाका न्यायिक समितिमा आउने धेरै मुद्दामा जग्गा विवाद, बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिले जनाएको छ । “सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ, मुद्दा मिलाउनमै व्यस्त रहनपर्छ”, उपाध्यक्ष विकले भन्नुभयो । उहाँले न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा पनि काम गर्न असजिलो हुने गरेकाले विज्ञ कर्मचारीको व्यवस्थापनका लागि सहयोग गरिदिनहुन सरकारसँग माग गर्नुभयो ।

“अहिले गाउँपालिकाको भवन भाडाको कोठामा रहेको हुँदा साँघुरो कोठामा बसेर न्याय सम्पादन गरिरहेका छौँ, अब गाउँपालिकाको आफ्नै भवन निर्माण भइरहेको छ केही महिनापछि नयाँ भवनमा छुटै इजलास गराउनेछौँ”, उपाध्यक्ष विकले भन्नुभयो । आफ्नै भवन भए सेवा प्रवाहमा सहज हुनेछ ।

उहाँले आफूहरुलाई दिएको भूमिका चुनौतीपूर्ण रहे तापनि अवसरका रुपमा लिएर काम गरिरहेको बताउनुभयो । शुरुशुरुमा कानूनका बारेमा बुझ्न कठिनाइ नभएको होइन तर कानूनका बारेमा तालीम, प्रशिक्षण लिने अवसर पाएकोले न्यायिक समितिमा बसेर काम गर्न सजिलो भएको बताउनुभयो ा