neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 6th, 2020

काठमाडौं, माघ २३

काठमाडौंको गोकर्णेश्वेर नगरपालिका ७ दक्षिण ढोकास्थित राज कुमार केसीको दक्षिणकाली काष्ठ उद्योग कारखानामा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर,ट्याम्केमैयुम गाउँपालिका-१ रिमचिम पशुपति बस्ने ५७ वर्षीय शरण कुमार राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर,थाहा नगरपालिका ९ चित्लाङ बस्ने धुर्व बिडारीको कुखुरा पोल्टीफर्ममा बिहीबार बिहान आगलागी हुँदा फर्म पूर्णरुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ओखलढुङगाको चिसंखुगढी गाउँपालिका ३ आपसारा बस्ने ६४ वर्षीय डिक बहादुर राईको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।