neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Feb 6th, 2020

काठमाडौं, माघ २३

काठमाडौं, बारा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित अण्डरपास सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश नम्बर २-०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कठहरिया गाउँपालिका ४ घर भएका १९ वर्षीय राकेश कुमार चौधरी र सोही गाउँपालिका ७ घर भएका २४ वर्षीय मुन्ना चौधरीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका २ निम्बु फारमस्थित सडकमा ना.७ त १४५५ नम्बरको ट्याक्टरको टेलरबाट खसेर गम्भीर घाइते भएका पर्सा सखुई जमुनी गाउँपालिका २घर भएका ३५ वर्षीय लालबाबु पटेललाई उपचारको लागि अल्पाईन अस्पताल सिमरातर्फ लैजाने क्रममा बुधबार दिउँसो बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बाग्मती गाउँपालिका ७ पाथिभरास्थित सडकमा ग.१४ प ३७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भईबुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका २३ वर्षीय नरेश घर्तीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका बस्ने १८ वर्षीय समिर गुरुङलाई थप उपचारको लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।