neapl investment mega bank

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

Feb 6th, 2020

काठमाडौँ, २३ माघ (रासस)

विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।