neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

Feb 5th, 2020

काठमाडौ, माघ २२

नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नय“ा प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधन सहित अधिकतम १० दसमलव पा को ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।

नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाण्डौं लगत्तै जनवरी ३१ २०२० प्रदेश नं ५ भैरहवा बाट सुभारम्भ गरिएको थियो । यसै क्रममा उक्त नय“ा एस. एम. ई कर्जा प्रदेश नं. १ को ईटहरीमा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा ईटहरी उद्योग वाणिज्य संघका अध्ययÔ श्री भिम बहादुर पौड्याले, तथा पत्रकार महासंगका जिल्ला अध्यक्ष श्री अमर खड्काकोे उपस्थिती रहेको थियो ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले भन्नु भयो नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको हो । हामी यहा“हरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछांै । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।”

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युुके एड सक्षम एक्सीस टुु फाईनान्ससंग सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निस्शुल्क कारोबार सूचना, निस्शुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निस्शुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११२ शाखा १६० ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वाश लिएको छ ।