neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंकद्धारा एकैसाथ तीन वटा शाखा बिस्तार

प्रभु बैंकद्धारा एकैसाथ तीन वटा शाखा बिस्तार

Feb 5th, 2020

काठमाडौ, माघ २२

प्रभुु बैंकले एकैसाथ तीन वटा शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल सहित बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ तीन वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । आज बुधबारका दिन विहान ११ बजे पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले एक समारोहका विच समुद्घाटन गरेका हुुन ।

पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा
महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले एक समारोहका विच समुद्घाटन गरेका हुुन । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका विच समुद्घाट्न गरेका हुुन ।

पोखरा महानगरपालिकास्थित बैंकका शाखा कार्यालयहरु समुद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले पोखरा महानगरपालिका आप्mनो थप तीनवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा गर्दै बैंकिङ्ग कारोबारलाई अझै विस्तार गर्न हामी स्थानीय सेवाग्राहीहरुले हरेक आर्थिक कारोबार बैंकिङ्ग प्रणाली मार्पmत् गर्नुपर्ने समय आएको बताए ।

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप तीन वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या दुुई सय आठ वटा पुगेको छ भने हालसम्म बैंकले एकसय ५७ वटा एटिएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । बुुधबारदेखि सञ्चालनमा आएका प्रभु बैंकबाट पोखरा महानगरपालिकास्थित हरिचोक शाखा कार्यालय, अर्घौँचोक शाखा कार्यालय र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।