neapl investment mega bank
  • गृहपृष्ठ
  • आयोवा प्रारम्भिक चुनावः पिट बुटिगीग र बर्नी स्यान्डर्सको अग्रता

आयोवा प्रारम्भिक चुनावः पिट बुटिगीग र बर्नी स्यान्डर्सको अग्रता

Feb 5th, 2020

डेस मोइन्स, २२ माघ (रासस/एपी)

अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सले अग्रता लिनु भएको छ । अमेरिकी चुनावी प्रक्रियामा पार्टीका तर्फबाट सर्वाधिक सदस्य बटुल्न सफल व्यक्ति नै राष्ट्रपतिको चुनावका लागि योग्य हुने प्रावधान छ ।

पार्टीको चुनावी प्रक्रिया आयोवा राज्यबाट प्रारम्भ भएको हो । मङ्गलबार भएको चुनावको नतिजा कम्प्युटर प्रणालीमा भएको गडबडीका कारण सार्वजनिक गर्न ढिलाई भइरहेको छ ।

आयोवा राज्यको पार्टी कार्यालयले करिब ७१ प्रतिशत मतगणना हुँदा बुटिगीगले २६.८ प्रतिशत र स्यान्डर्सले २५.२ प्रतिशत मत प्राप्त गरेको जनाएको छ ।

एघार जना चुनावी मैदानमा रहेको यस प्रतिस्पर्धामा सिनेटर एलिजाबेथ वारेनले १८.४ प्रतिशत र पूर्व उपराष्ट्रपति जो बाइडेनले १५.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

पपुलर मततर्फ स्यान्डर्सले ३२ हजार ६७३ र बुटिगीगले ३१ हजार ३५३ मत प्राप्त गर्नुएको छ ।