neapl investment mega bank
  • गृहपृष्ठ
  • १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Feb 5th, 2020

काठमाडौं,माघ २२

झापा, बुद्धशान्ति गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका २ गोपलाडाँडा बस्ने कमल भन्ने २९ वर्षीय दिल कुमार कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने जाजरकोट छेडागाड नगरपालिका-११ घर भएका २२ वर्षीय मोहन रावतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।