neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बी. पी. चोक शाखाको औपचारिक समुद्घाटन

सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बी. पी. चोक शाखाको औपचारिक समुद्घाटन

Feb 5th, 2020

काठमाढौ, माघ २२

सिद्घार्थ बैंकले मगंलबार बाँके अवस्थित न्यूरोड नेपालगञ्ज शाखा र बी. पी. चोक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।

बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्तरुपमा र बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियोे ।

बैंकले न्यूरोड नेपालगञ्ज शाखा २०७६ पौष १६ गते र बीपी चोक शाखा २०७६ भाद्र ९ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।