neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकको नाफा ८० करोड ७७ लाख

नेपाल बंगलादेश बैंकको नाफा ८० करोड ७७ लाख

Feb 5th, 2020

काठमाडौ, माघ २२

नेपाल बंगलादेश बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ८० करोड ७७ लाख ७७ हजार छ सय नौ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको बितरण योग्य नाफा भने ४३ करोड ८१ लाख ३२ हजार तीन सय ७७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७९ करोड ३३ लाख नौ हजार ३९ रुपैयाँ रहेको थियो ।

चुक्ता पुंजी आठ अर्ब आठ करोड ८२ लाख ९९ हजार नौ सय २६ रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ६३ अर्ब १२ करोड ४३ लाख ६६ हजार आठ सय रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ९३ करोड ४६ लाख ५२ हजार आाठ सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३५ करोड ५२ लाख ४१ हजार छ सय १८ रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकका एक दसमलव ९२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५९ अर्ब ७६ करोड ४७ लाख सात हजार तीन सय ४८ रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५१ करोड ९१ लाख ९६ हजार आठ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३९ करोड ६५ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ७८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।