neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि बिकास बैंकको नाफा बढ्यो, चालु आर्थिक बर्षको छ महिनामा कमायो एक अर्ब ५८ करोड

कृषि बिकास बैंकको नाफा बढ्यो, चालु आर्थिक बर्षको छ महिनामा कमायो एक अर्ब ५८ करोड

Feb 5th, 2020

काठमाडौ, माघ २२

कृषि बिकास बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड १७ लाख २७ हजार तीन सय ३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको बितरणयोग्य नाफा भने एक अर्ब १४ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब २८ करोड ८० लाख ४८ हजार ३२ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुंजी १४ अर्बृ ९८ करोड ९१ लाख ७२ हजार छ सय ९८ रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब २१ करोड ६७ लाख ९२ हजार नौ सय २३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ३६ करोड नौ लाख २३ हजार सात सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब १७ करोड १६ लाख दुुई हजार नौ सय ३१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव ९१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले एक खर्ब १८ अर्ब ८८ करोड ४९ लाख २२ हजार आठ सय ३१ रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब आठ अर्ब ८० करोड ६६ लाख ९६ हजार सात सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ४९ करोड ४९ लाख ५७ हजार आठ सय ३७ रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकमा चार दसमलव ४० प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।