neapl investment mega bank
  • गृहपृष्ठ
  • सन्राइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिसतसम्मको छुट

सन्राइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिसतसम्मको छुट

Feb 5th, 2020

काठमाडौ, माघ २२

सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ ।

सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लज्मा फुुड, बेभरेज र बेकरी आईटममा जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको डेबिट र क्र्र्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिसतसम्मको छुट लिन सक्नेछन् ।