neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवाको प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन

कामना सेवाको प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन

Feb 5th, 2020

काठमाडौं, माघ २२

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा यहीमाघ २१ गते आफ्नो ११८ औ शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ । होराइजन चोक शाखाको समुद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुत्तरmपमा गरेकाहुुन ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।