neapl investment mega bank

तीन किलो गाँजा सहित मानिस नियन्त्रणमा

Feb 3rd, 2020

काठमाडौ, माघ २०

महानगरीय प्रहरी प्रभाग नागढुङगाले ३ किलो गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज विहान धादिङबाट काठमाण्डौ आउदै गरेको बा.४ ख.८५२३ नम्बरको यात्रुबाहक सवारी चेकजाँच गर्दा धादिङ गजुरी गाँउपालिका-८का देवराज अधिकारीलाई पक्राउ गरेको छ ।

अधिकारीले झोलामा लुकाई छिपाई ल्याएको ३ किलो गाँजा बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।