neapl investment mega bank

नगरकोट उपत्यकाकै नजिक पर्यटकियस्थल

Feb 3rd, 2020

काठमाडौं, माघ २०

काठमाडौँबाट नजिकको गन्तव्य नगरकोटको पर्यटन विकासमा बाटो लगायतका पूर्वाधार समयमा नबन्दा केही असहज भएपनि नीजि क्षेत्र तथा स्थानियको पहलमा विभिन्न गतिविधीहरु सञ्चालन भईरहेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को आधिकारीक उद्घाटन भईसकेको छ, त्यहाँको पर्यटन प्रवद्र्धन यस अघि पनि स्थानीयकै पहल र लगानीबाटै अगाडि बढेका हुन्, अब हात बाँधेर बसेर केही हुन्न भन्ने सोचले आफ्नै पहलले गर्न सकिने गतिविधी गर्दे छौं, नेपाल मण्डल पर्यटन नगरीका संयोजक इन्द्र लामा भन्छन ।

उनले भने, करिब चार वर्ष अगाडि काठमाडौँ वरिपरीका क्षेत्रलाई पर्यटकीय नगरीका रुपमा विकास गर्ने लक्ष्यसहित नेपाल मण्डल पर्यटन नगरी संस्थाको गठन गरेर स्थानीय निकाय, कलाकार, स्रष्ट्राहरुसँगको सहकार्यमा संस्थाले काम गर्दै आएको छ, झन् राज्यले नै पर्यटन भ्रमण वर्षको घोषणा गरेपछि नेपालीको नाताले पनि त काम गर्नुप¥यो भन्दै होटल व्यवसायी समेत रहनुभएका लामाले स्थानीय संस्कार, संस्कृतिको प्रवद्र्धन प्रदर्शनी गरेर नगरकोटमा बढि भन्दा बढि पर्यटक भित्र्याउने पहल भईरहेका छ ।

काठमाडौँबाट ३२ किलोमिटरको दुरीमा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ गौरीशङ्कर, सगरमाथालगायतका ११ वटा हिमश्रृङ्खला हेर्न सकिन्छ भने त्यहाँको मुख्य आकर्षणकारुपमा सूर्योदय र सुर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यस्तो आकर्षक दृष्य हेर्न पाउने दुर्लभ अवसर नगरकोटमै मिल्छ संयोजक लामाले भने ।

नगरकोटको वरिपरी वनजङ्गलको संरक्षण सामुदायिक वनका रुपमा गरिएका छन् । त्यसबाट स्वच्छ पर्यावरण उपलब्ध छ । मानव निर्मित भन्दा पनि प्रकृतिबाट प्राप्त सम्पदाले नै यहाँ वाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्छ । यहाँ आवश्यक भौतिक निर्माण जस्तो बाटो, पार्क र सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराउन सके बाह्य र आन्तरिक पर्यटक पनि एकपटक नगरकोट घुम्न अवश्य आईपुग्ने लामाको भनाई छ । आय आर्जनको बलियो आधार पर्यटन प्रवद्र्धनमा दिनरात नभनी यहाँका स्थानीय अन्य व्यवसायी र होटल व्यवसायीहरु पर्यटकको सुविधाका लागि सधैं चनाखो र प्रतिवद्ध रहेकाछन ।

त्यसैगरी नगरकोटको पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थानीय व्यवसायी, पर्यटन अभियन्ताहरुको साझा संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले भ्रमण वर्षको सन्दर्भलाई जोडेर पर्यटकीय गन्तव्य नगरकोटको बतासे डाँडामा हालै दोस्रो नगरकोट महोत्सव भव्यताका साथ सम्पन्न गरेको समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिएकाछन । नेपालीसँग भएका कला, संस्कृति, धरोहरलगायत प्रकृतिले दिएको उपहारको दर्शन÷ भ्रमण गराएर आय आर्जनसँग जोडिन सक्ने पर्यटनको सरकार, स्थानिय निकाय र नीजि क्षेत्रलगायतको सहकार्यबाट सम्भव छ । त्यस उद्देश्यका लागि समिति सधैं तत्पर छ गुरुङले भने । नगरकोटको भौतिक पूर्वाधारको विकासका लागि चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले विभिन्न योजना अगाडि सारेका छन् ।

ति दुई नगरपालिकाको साँधबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि प्रवेश शुल्क उठाईन्छ । चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले पर्यटकका सुविधाका लागि भट्टेडाँडामा ५५ करोड रुपियाँको बसपार्क निर्माण गर्न डिपिआर बनिसकेको छ । चाँगुनारायणदेखि नगरकोटसम्म धार्मिक पर्यटन पदमार्गको पनि निर्माण सकिन लागेको छ, छिट्टै उद्घाटन हुन्छ अध्यक्ष गुुरुङले भने ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले नगरकोटको पर्यटकीय भु–भाग यस नगरपालिकाभित्रै पर्ने र यताबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि यहि नगरपालिकाले शुल्क उठाउँदै आएको बताए । उठेको शुल्कमा अन्य बजेट थपेर नगरकोटलाई पर्यटकीय हब बनाउन हरसम्भव प्रयास जारी छ उनले भने । नगरकोटको होटल क्षेत्रका सातसय मिटर बाटो ग्राबेल ग¥यौं, सोलार बत्तीको व्यवस्थापन, बसपार्क, पिकनिक स्पटको निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ छुट्याईसकेका छौ, उनले भने । भ्यूटावर पनि त्यहाँको आवश्यकता हो, सुर्य उदाउँदा र अस्ताउँदाको दृष्य हेर्न पर्यटकले चाहन्छन् र नगरकोटको मुख्य आकर्षक पक्ष नै त्यही हो त्यसका लागि पनि तयारी हुँदैछ । यि सबैलाई समेटेर नगरकोटको पर्यटन प्रवद्र्धनका लागि यस नगरपालिका गुरुयोजना बनाउने तयारीमा रहेको उनले बताए ।