neapl investment mega bank
  • गृहपृष्ठ
  • बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

Feb 3rd, 2020

बाँके, २० माघ (रासस)

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।

सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो ।

डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ ।