neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा पक्राउ

विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा पक्राउ

Feb 2nd, 2020

बारा, १९ माघ

विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा १७ जना व्यक्तिहरुको नागरिकताको प्रतिलिपि, फोटो, चाँदीको भाडोमा रहेको सिसा जस्तो टल्किने बस्तुसहित कलैया उपमहानगरपालिका-२६ महेशपुर बस्ने ३६ वर्षीय फुलसरिक मिया धोबीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धोबीले बिभिन्न मानिसहरुलाई नेटवर्किङ वयापारमा फाईदा हुन्छ मलाई नागरिताको फोटो र नगद ५र१० हजार दिनुहोस धेरै पैसा खातामा हालिदिन्छु भन्दै रकम असुल्ने र नागमणी पनि छ तपाईलाई दिन्छु यसको मुल्य २ करोड पर्छ भन्दैहिडि रहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीलेजितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट धोबीलाई पक्राउ गरेको हो ।

धोबीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।