neapl investment mega bank
  • गृहपृष्ठ
  • ६ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा पक्राउ

Feb 2nd, 2020

भक्तपुर, १९ माघ

६ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-५ घर भईभक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बस्ने २० वर्षीय आशिष थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । साथै अपहरणमा परेकी ती बालिकाको सुर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट प्रहरीले सकुशल उद्दार गरेको छ ।

आइतबार दिउँसो भक्तपुरनिकोसेरास्थित विद्यालयमा यूकेजीमाअध्ययनरत ती बालिकालाई विद्यालयको प्रशासनलाई झुक्याई अपहरण गरी बालिकाको बाबुलाई फोन गरी १६ लाख रुपैयाँ नदिए ज्यान मार्ने सम्मको धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले सोही विद्यालयका पूर्व विद्यार्थीको सहयोगमा ती बालिकाको उद्दार गरी थापालाई भक्तपुरगठ्ठाघरबाट पक्राउ गरेको हो । आशिष थापा अपहरित बालिकाको आफन्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।