कास्की, १९ माघ
पोखरा महानगरपालिका-९ दरवार थोकस्थित ज्ञानहरि आचार्यको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा चापाकोट नगरपालिका-५ घर भई पोखरा महानगरपालिका-८ सृजना चोक बस्ने ३३ वर्षीय कमल गिरी लगायत ९ जनालाई नगद ४८ हजार ६ सय ३५ रुपैयाँ र ४ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सो मासु पसलमा जुवातास खेलीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।