neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Feb 2nd, 2020

मुगु, १९ माघ

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका-१ बस्ने १९ वर्षीय ऐन बहादुर बुढालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।