neapl investment mega bank
  • गृहपृष्ठ
  • कालीकोट जिल्लाको रास्कोट नगरपालिकाद्वारा घरघरमा खानेपानी धारा बनाउने अभियान शुरु

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाद्वारा घरघरमा खानेपानी धारा बनाउने अभियान शुरु

Feb 1st, 2020

मान्म, १८ माघ (रासस)

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले घरघरमा खानेपानीको धारा बनाउने अभियान शुरु गरेको छ । नगरपालिकाभित्रका तीन हजार ३०० घरधुरीमा खानेपानीको पहुँच पु¥याउन अभियान शुरु भएको हो ।

नगरभित्र खानेपानी पहुँच पु¥याउनका लागि युनिसेफसँगको साझेदारीमा काम अगाडि बढाइएको छ । धारा बनाउन नगरपालिकाको ६० र युनिसेफको ४० प्रतिशत लगानी रहेको छ । पहिलो चरणमा नगरपालिका २, ६ र ९ वडाका घरमा धारा निर्माण भइरहेको नगरपालिका उपप्रमुख मीमसरा शाही बमले बताउनुभयो । “पहिलो चरणमा तीन वटा वडामा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा सबै वडामा घरघरमा खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेका छौँ ।”

पहिलो चरणमा नगरपालिका–२ मा चार लाखमा ४५ घरधुरी, वडा नं ६ मा ११ लाखमा ८१ घरधुरी र वडा नं ९ मा २८ लाख ५० हजारमा १८५ धरधुरीमा खानेपानीको पहुँच पुग्ने उपप्रमुख बमले बताउनुभयो । नौवटै वडामा आगामी आर्थिक वर्षमा नै खानेपानी धारा पु¥याउने लक्ष्य राखेर निर्माणको काम भइरहेको नगर प्रमुख काशीचन्द्र बरालले बताउनुभयो । “ आगामी आर्थिक वर्षभित्र नगरभित्रका सबै वडाका घरधुरीमा खानेपानीका धारा बनाउने छौँ”, उहाँले भन्नुभयो, “नगरभित्रका कुनै पनि घरधुरीे पानीको पहुँच बाहिर हुने छैनन् ।”

खानेपानीका लागि स्थानीयवासी, नगरपालिका र दातृ निकायसँग सहकार्य गर्ने लक्ष्य राखिएको नगर प्रमुख बरालले बताउनुभयो । “सबैको साझेदारीमा काम गर्दा अपनत्वको भावना विकास हुने भएकाले साझेदारीमा काम गर्न थालेका हौँ”, उहाँले भन्नुभयो ।