neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ११ जना पक्राउ

Jan 31st, 2020

काठमाडौं, १७ माघ

ललितपुर, ललितपुर महानगरपालिका-३ झम्सीखेलस्थित द वर्गर हाउसमा जुवातास खेलिरहेको अवस्थामा वर्गर हाउसका संचालक ३७ वर्षीय तेज बहादुर तामाङ लगायत ६ जनालाई नगद ३ लाख ७० हजार रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ नवलपुर बस्ने मिनराज घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका-५ बस्ने ३४ वर्षीय तिलक पुन लगायत ५ जनालाई नगद ३७ हजार ५ सय ४० रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।