neapl investment mega bank
  • गृहपृष्ठ
  • विचौलियाको काम गरेको अभियोगमा ५ जना पक्राउ

विचौलियाको काम गरेको अभियोगमा ५ जना पक्राउ

Jan 31st, 2020

ललितपुर, १७ माघ

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलिया काम गरेको अभियोगमा कुसुन्ती बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कार्यालयमा बिचौलिया काम गरी सेवाग्राहीहरुलाई हैरानी दिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।