neapl investment mega bank

भरुवा बन्दुक र बारुद सहित पक्राउ

Jan 31st, 2020

ईलाम, १७ माघ

माङसेबुङ गाउँपालिका-३ तित्रीबोटे बस्ने २२ वर्षीय बिशाल राई र सोही ठाउँ बस्ने ३५वर्षीय शिव कुमार राईलाई भरुवा बन्दुक २ थान र बारुद अन्दाजी १ सय ५० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको गस्ती प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त बन्दुक र बारुद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।