neapl investment mega bank
  • गृहपृष्ठ
  • विद्यार्थी हुनु त यस्तो पो, शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान

विद्यार्थी हुनु त यस्तो पो, शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान

Jan 31st, 2020

सुरुङ्गा, १७ माघ (रासस)

आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान गरेका छन् ।

अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उहाँलाई सम्मानसहित नगद हस्तान्तरण गर्नुभयो ।

पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गर्नुभयो । विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानवहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताउनुभयो ।