neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषध कोकिन सहित बोलिभियन नागरिक पक्राउ

अवैध लागूऔषध कोकिन सहित बोलिभियन नागरिक पक्राउ

Jan 30th, 2020

काठमाडौं, १६ माघ

अवैध लागूऔषध कोकिन २ किलो २ सय ग्राम सहितराहदानी नम्बरसिई ५१८५७ बाहक बोलिभियन नागरिक २७ वर्षीय SOLANO CHAVEZ MIGUEL लाई माघ ८ गते प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामो समयदेखिको सूचना संकलन, बिश्लेषण एवं निगरानी पश्चात काठमाडौं महानगरपालिका-२९ ज्याठा ठमेलस्थित होटल बुद्धल्याण्ड प्रालिको ४०२ नम्बर कोठा तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेशभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारीपक्राउ गरेकोहो ।

निज उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।