neapl investment mega bank

गैंडाको खागसहित दुई पक्राउ

Jan 30th, 2020

काठमाडौ, माघ १६

काठमाडौं महानगरपालिका-७ चाबहिलबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमाकाठमाडौं खड्गभद्रकाली घर भईकाठमाडौं महानगरपालिका-८ चाबहिल बस्ने ४६ वर्षीय लब खत्री र बाजुरा बुढीगंगा नगरपालिका-६ घर भई कपन एकताबस्ती बस्ने २२ वर्षीय दिनेश थापा रहेका छन् ।

दुर्लभ बन्यजन्तु गैंडाको खाग अबैध रुपमा ओसारपसार गरी ल्याई २५ लाख रुपैयाँमा कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुको डेरा कोठा तलासी गर्ने क्रममा उक्त गैडाको खाग फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएकोछ ।