neapl investment mega bank
  • गृहपृष्ठ
  • रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश

Jan 30th, 2020

काठमाडौँ, १६ माघ

रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले क्वार्टरफाईनलमा प्रवेश गरेको छ । रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।

रियल म्याड्रिडको जितमा राफेल भरानो, लुकास भाजक्वेज ,भिनिसियस जुनियर र करिम बेन्जेमाले समान एक एक गोल गरे ।

राफेल भरानेले छैटौं मिनेटमा गोलगर्दै रियललाई सुरुआती अग्रता दिलाए । उनले टोनी क्रुसको पासलाई सदुपयोग गर्दै सो गोल गरेका थिए । ३२औं मिनेटमा  लुकास भाजक्वेजले  गोलगर्दै अग्रता
दोब्बर बनाए । ७२औं मिनेटमा भिनिसियस जुनियरले र ८०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सहज जित दिलाए ।  करिम बेन्जेमाले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए ।

रियल स्पेनिस लिगको शीर्ष स्थानमा छ । रियलले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।
रियलले डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्दैछ ।