neapl investment mega bank
  • गृहपृष्ठ
  • टिपरले ठक्करबाट युवकको मृत्यु : पीडित परिवारले बुझेनन् शव

टिपरले ठक्करबाट युवकको मृत्यु : पीडित परिवारले बुझेनन् शव

Jan 30th, 2020

सुर्खेत, १६ माघ (रासस)

वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा मङ्गलबार टिपरले किचेर मृत्यु भएका कालिकोट महावै गाउँपालिका– ३ सिमखेत २१ वर्षीय केशरबहादुर सिंहका परिवारले बुधवारपनि शव बुझेका छैनन् ।

भे१ख २२४२ नंको टिपरले भे१प २१७८ नंको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उहाँको मृत्यु भएको थियो । उहाँको मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले आज साँझ ६ः३० बजे सडकमा प्रदर्शन गरेका थिए ।

मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । पीडित परिवारले टिपर धनी हरि बिसी नआउञ्जेल र उचित क्षतिपूति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने र बिहीबार सडक यातायात बन्द गर्ने तथा बाँकी सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ ।