neapl investment mega bank
  • गृहपृष्ठ
  • होटल ग्राण्ड भिलामा बङ्गलादेशी नागरिकद्वारा आफ्नै साथीको हत्या

होटल ग्राण्ड भिलामा बङ्गलादेशी नागरिकद्वारा आफ्नै साथीको हत्या

Jan 30th, 2020

काठमाडौँ, १६ माघ (रासस)

काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।

महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको प्रहरीले जनाएको छ । ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन् ।

वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । उहाँका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे । यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिनुभयो । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अपराधी भारत फरार भइसकेका थियो ।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उहाँले बताउनुभयो । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।

उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ । होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो ।