neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपाको केन्द्रिय कार्य सम्पादन बैंठक सम्पन्न

राप्रपाको केन्द्रिय कार्य सम्पादन बैंठक सम्पन्न

Jan 29th, 2020

काठमाडौ, माघ १५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बुुधबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बैठकले, अध्यक्ष थापाद्धारा समसामयिक राजनीतिक परिस्थिति र भावीकार्यदिशा सम्बन्धी छ पृष्ठ लामो प्रतिवेदन पेश गरेको छ ।

प्रतिवेदनमाथि सघन छलफल भई सर्वसम्मतीले अनुमोदन गरेको छ । उपरोक्त प्रतिवेदन माघ १७ गतेदेखि काठमाण्डौमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिनेछ । बैठकमा महामन्त्री भास्कर भद्रा द्धारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा आर्थिक प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ ।

केन्द्रीय महाधिबेशन पार्टीको आगामी मुख्य कार्यक्रम हुनेछ । केन्द्रीय महाधिबेशनका लागि यस अधिको बैठकमा जिम्मेवारी प्रदान गरिएका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्धारा बैठकमा पेश भएको साँगठनिक तह निर्वाचन सम्बन्धि नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई सामान्य परिमार्जन सहितअनुमोदन गरिएको छ । जुनमाघ १७ गते बस्ने पूर्ण बैठकमा पेश राप्रपाको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।