neapl investment mega bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Jan 29th, 2020

काठमाडौं, १५ माघ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बाट करिब ६३ किलो लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा।३ च ५९९७ नम्बरको बलेरो पिकअप रोकेर जाँच गर्ने क्रममा बलेरोको पछाडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी गाडी चालक समेत २ जनालाई पक्राउ गरेको हो ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-८ सोनापुरबाट भारत मधुवनी बस्ने ३५ वर्षीय पुलेन्द्र यादवलाई अवैध लागूऔषध गाँजा ८ सय ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी काचनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साईकल चालक यादवलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।