neapl investment mega bank
  • गृहपृष्ठ
  • छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Jan 29th, 2020

काठमाडौं, १५ माघ

काठमाडौं, चितवन, सल्यान र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं, कागेश्व री मनहरा नगरपालिका-६ स्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री भक्तपुर ठिमी बस्ने सिन्धुली घर भएका ३७ वर्षीय बासु कार्कीको शंकरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित सडकमा ना.५५ प १४२५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सल्यान, छत्रेश्वरी गाउँपालिका-६ स्थित सडकमा रा.३ प ७००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दार्मा गाउँपालिका बस्ने ४४ वर्षीय टेक बहादुर केसीको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका-८ कालिकास्थित सडकमा भे.१ त ६५८६ नम्बरको ट्याक्टरले भे.६ प ३४८८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिंदा मोटरसाइकल चालक बारबर्दिया नगरपालिका-९ ढकेला बस्ने २१ वर्षीय उमेश पौडेलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने २१ वर्षीय सन्तोष चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।