neapl investment mega bank
  • गृहपृष्ठ
  • बसमा पाकेट मारेर भाग्दै गरेका तीन पक्राउ

बसमा पाकेट मारेर भाग्दै गरेका तीन पक्राउ

Jan 29th, 2020

भक्तपुर, १५ माघ

मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट काठमाडौं-दुवाकोट चल्ने बसमा सवार यात्रुहरुको पाकेटमारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई नगद ११ हजार रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा गाउँपालिका-७ घर भई ललितपुर ठैब बस्ने २० वर्षीय नविन राई, सिन्धुली घ्याङलेक गाउँपालिका-६ घर भई ललितपुर गोदाबारी बस्ने २६ वर्षीय राजिब गोले र मकवानपुर ईपाचोक गाउँपालिका-८ घर भई ललितपुर ठैब बस्ने २० वर्षीय रुबिन कठायत रहेका छन् । बसमा यात्रा गरीरहेकी एक महिलाको व्यागबाट पकेटमारी गरी भागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनिहरुलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।