neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा गरिने

पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा गरिने

Jan 29th, 2020

काठमाडौँ, १५ माघ (रासस)

विश्वशान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा आगामी माघ २० देखि २२ गतेसम्म विश्वशान्ति पूजा हुन लागेको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १७औँं स्थापना दिवसको अवसरमा शान्ति पूजा कार्यक्रम गर्न लागिएको हो । शान्ति पूजा लुम्बिनीबाट शुरु भई पोखरा पुग्नेछ । शान्तिदीप २० गते लुम्बिनीबाट पोखरा लगिने जनाइएको छ ।

तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालयको प्रचारप्रसारमा टेवा पुग्ने बताइएको छ । नेपालको धार्मिक पर्यटन गतिविधिका रूपमा स्थापित गर्न पूजा सहयोगी हुने सङ्घका अध्यक्ष शन्तवीर लामाले बताउनुभयो । पूजाले बुद्धको जन्मबारे फैलाइएको नकारात्मक भ्रमलाई चिर्न पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।