neapl investment mega bank

बैंकिङ कसुरमा कारागार चलान

Jan 28th, 2020

काठमाडौँ, १४ माघ

बैकिङ कसुर मुद्दाका कसुरदार काठमाडौं तारकेश्वर नगरपालिका-१ घर भएका काठमाडौं महानगरपालिका(२६ बस्ने ५४ वर्षीय राजेन्द्र बुढाथोकोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ असोज २८ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा १५ दिन कैद र ५ लाख रुपैयाँ जरिवाना ठहर भई उक्त सजाय बेरुजु रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा गोलढुङ्गा काठमाडौंबाट पक्राउ गरेको हो ।

बुढाथोकीले व्यवसायको लागि रकम आवश्यक पर्यो् भनी एक व्यक्तिबाट ५ लाख रुपैयाँ लगेकोमा उक्त रकम माग्दा नदिई आलटल गरी बैंक अफ काठमाडौंको आफ्नो खाताबाट भुक्तानी लिनु भनी चेक दिएकोमा उक्त चेक सटही भएको थिएन ।

बुढाथोकीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।