neapl investment mega bank
  • गृहपृष्ठ
  • स्कुटर र मोटरसाईकल चोरी गर्ने नियन्त्रणमा

स्कुटर र मोटरसाईकल चोरी गर्ने नियन्त्रणमा

Jan 28th, 2020

काठमाडौं, माघ १४

महानगरीय प्रहरी वृत्त स्वयम्भुले स्कुटर चोरी गर्ने १ जनालाई चोरीका ४ वटा स्कुटर सहित नियन्त्रणमा लिएको छ । प्रहरीले यही १३ गते सोमबार नागार्जुन नगरपालिका २ गैरीगाँउबाट सिन्धुली माझिटारका सुनिल लामालाई पक्राउ गरेको छ । लामाले विभिन्न ठाउँबाट चोरी गरेका बा.४५ प. ३२२१ नम्बरको ब्खष्बतयच स्कुटर यसै गरी बा.४६ प. २३७१, बा. ५९ प. ८९५९ र बा. ५६ प २१५२ नम्बरको दियो स्कुटर बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरी सोमबार साझ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले कालिमाटी स्थित सडक खण्डमा प्रदेश न.३ – ०२-००७ प.६८९१ नम्बरको मोटरसाईकल चोरी गरी भाग्दै गरेको अबस्थामा रौतहट गौर नगरपालिका ६ का नियाज अलामलाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।