neapl investment mega bank

ट्रक दुर्घटनामा तीनको मृत्यु

Jan 28th, 2020

काठमाडौं, १४ माघ

रुपन्देही, रोहिणी गाउँपालिका-४ सुईलिहवास्थित सडकमा लु.१ ख ६७४५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना.२ ख ८४८१ नम्बरको ट्रक र ना.५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ना.२ ख ८४८१ नम्बरको ट्रकको चालक सुन्सरी चतरा बस्ने ३५ वर्षीय पूर्ण बहादुर भुजेल लगायत ३ जनाको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।