neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Jan 28th, 2020

काठमाडौं, १४ माघ
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय नवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बिशालनगरस्थित तपोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका साहु ४९ वर्षीय डबल बहादुर मल्ल समेत ११ जनालाई नगद १ लाख ४७ हजार ५ सय रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

   यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।