neapl investment mega bank

साढे दुई किलो चरेससहित तीन पक्राउ

Jan 28th, 2020

तुलसीपुर, १४ माघ (रासस)

दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ सितलपुरबाट रुकुम मुसिकोट नगरपालिका-२ रातामाटा बस्ने २१ वर्षीय अनिल पुनमगर समेत ३ जनालाई करिब २ किलो ५ सय ग्राम लागूऔषध चरेश सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पदरूपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।