neapl investment mega bank
  • गृहपृष्ठ
  • रसुवागढी नाकाबाट रु एक करोड ६० हजारको सुन बरामद

रसुवागढी नाकाबाट रु एक करोड ६० हजारको सुन बरामद

Jan 27th, 2020

रसुवा, १३ माघ (रासस)

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन आज यहाँ बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ । साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र घटनाबारे मङ्गलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ ।