आधारभूमि सम्वाददाता
भक्तपुर ,१३ माघ
भक्तपुरको बालकोटमा रहेको ढुङ्गी खोला स्थित जग्गा कम्पाउण्ड गर्ने क्रममा खोलाको मापदण्ड छोड्नुको साटो उल्टै खोला मिचेर पर्खाल संरचना बनाएको छ ।
सो खोलामा पर्खाल लगाउनु भन्दा पहिले मान्छे हिंड्ने गरेको एक स्थानीय महिला गोमा आचार्यले बताईन । दिन दहाडै खोला मिचेर संरचना बनाउँदा पनि स्थानिय सरकार मौन बसेको छ ।